जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज ३९ औँ जन्मदिन मनाउँदै  रामचरण

काठमाडौँ– चिरञ्जीवीका छोराका रूपमा सिनेमामा प्रवेश गरेका अभिनेता रामचरण दक्षिण भारतीय फिल्ममा स्थापीत नाम भइसकेको छ । 

बितेको २० वर्षमा उनी दक्षिण भारतीय फिल्मको मुख्य स्टारमध्येका एक बनिसकेका छन्। आज उनी आफ्नो ३९ औं जन्मदिन मनाउँदै छन्।

उनका सिनेमा व्यावसायिक रूपमा जति सफल छन् अभिनेताका रूपमा उनी त्यति नै प्रशंसित छन्। आफूलाई भर्सटायल अभिनेता प्रमाणित गरिसकेका उनी अहिले जे छन त्यो बाबुको नाम र सिफारिस भन्दा आफ्नै कामले छन् । 

राचरणले आफ्नो करियरको शुरुवात सन् २००७ मा ‘चिरुथा’ बाट गरेका थिए । उनले ‘मगधिरा’,‘रंगस्थलम’ देखि ‘आरआरआर’ सम्म आफ्नो अभिनयको प्रमाण देखाईसकेका छन् । 

उनको ‘आरआरआर’ फिल्मको गीत ‘नाटु नाटु’ ले त ‘ओरेजिनल सङ्ग’ विधामा ओस्कार नै जित्यो । 

तर उनी अभिनेता मात्रै हैनन्,एयरलाइन्स कम्पनीका मालिक समेत हुन् । उनले एउटा अन्तरवार्ताका क्रममा यो खुलाएका थिए की उनी जहाँ जहाँ जान्छन् ‘वाल टेम्पल’को सेटअप नै लिएका हिँड्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?