जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्ता छन् गोलभेँडाका फाइदा

गोलभेडा अर्थात् टमाटर हामी सबै नेपालीको भान्सामा सधैँ पाइने तरकारी हो। यसका फाइदा थाहा भएर वा नभएर सबैको भान्सामा तरकारी र चट्नीको स्वादका लागि भए पनि राख्ने गरिन्छ। गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन र पोटासियम पर्याप्त मात्रामा पाइन्छ।

गोलभेडा प्राय जुनसुकै अवस्थामा पनि खान सकिन्छ। त्यसैगरी यो गर्भावस्थामा सेवन गर्र्दा फाइदा जनक मानिन्छ।

तर पछिल्लो समय विषादीको प्रयोग गरेर फलाइएको गोलभेडा धेरै फाइदाजनक नहुन सक्छ। यसमा भने सचेत हुनुपर्छ। गोलभेडा खाएर यसबाट हुने फाइदाको भरपुग उपयोग गर्न सकिन्छ।

गोलभेडाका फाइदा जानौं
– कुनै बच्चालाई सुख्खा प्रकारको रोग भएको बेलामा दैनिक रूपमा एक गिलास गोलभेडाको जुस बनाएर पिलाउँदा उक्त रोगबाट आराम मिल्छ।

– बालबालिकाको मानसिक तथा शारीरिक विकासका लागि पनि गोलभेडाको महत्त्वपूर्ण भूमिका रहन्छ।

– दैनिक रूपमा गोलभेडाको जुस बनाएर पिउँदा मोटोपन घटाउन सकिन्छ।

– पेटमा जुका परेको बेलामा गोलभेडामा मरिच मिसाएर खान सकिन्छ।

– गोलभेडाको गुदीलाई अनुहारमा लेप बनाएर लगाउँदा अनुहार सेतो नरम हुनका साथै चम्किलो र आकर्षक हुन्छ।

– गोलभेडामा पाइने एन्टिअक्सिडेन्टको मद्दतले क्यान्सर कोशिकालाई फैलिन नदिई क्यान्सर रोक्न मद्दत गर्दछ।

– गोलभेडालाई मजाले धोएर त्यसको गुदीलाई नुहाउनु भन्दा केही बेर अगाडि कपालमा लगाएर नुहाउँदा कपाल बढ्नका साथै नरम र सिल्की हुन्छ।

– गोलभेडामा लाइकोपिन नामक पोशक तत्त्व, बीटा–क्यारोटिन र अन्य एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले मस्तिष्कलाई बलियो बनाउन र मस्तिष्कमा हुने अन्य समस्या कम गर्न सहयोग गर्दछ।

– गोलभेडामा भिटामिन ए पाइने हुदा यसको दैनिक सेवन गर्दा आँखाको ज्योति बढ्छ।

– गोलभेडामा पाइने भिटामिन बी र पोटासियमले गर्दा मुटुलाई स्वस्थ राख्न सकिन्छ।

– गोलभेडामा क्यालसियम पाइन्छ। जसले शरीरका हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?