जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सन्डरल्याण्डलाई हराँउदै न्युक्यासल एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौँ– एफए कप फुटबल अन्तर्गत सन्डरल्याण्डलाई हराँउदै न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा न्युक्यासलले सन्डरल्याण्ड विरुद्ध ३–० गोलको सहज जित निकालेको हो ।

न्युक्यासलका लागि एलेक्जेन्डर इशाकले दुई गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।

सन्डरल्याण्डका डानियर बालार्डले खेलको ३५औँ मिनेटमा आत्मघाति गोल गरेपछि न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि इशाकले खेलको ४६औँ र ९०औँ मिनेटमा गोल गरेपछि न्युक्यासल युनाइटेड ३–० गोलले विजयी हुँदै प्रतियोगिताको चौथो चरणमा प्रवेश गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?