जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के इच्छाधारी नागिन हुन्छ ? यस्ता छन् सर्पबारेका भ्रम र वास्तविकता

मानिसको लागि सदियौँ देखि चासोको केन्द्र बन्दै आएको जीव हो सर्प। पौराणिक काल देखिनै सर्पसँग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्।

जसले सर्प देख्ने बित्तिकै मारिहाल्ने सम्मका घटना समेत बढेका छन । त्यस्तै यस्ता मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन्, जुन सदियौँ देखि डरका कारण बन्दै आएका पनि छन्। 

मणिधारी नाग साच्चैको हुन्छ ?

सर्पसँग जोडिएको यो मान्यता निकै चर्चित छ कि नागसंग चमकदार, अनि मूल्यवान् मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्प पनि मणिधारी छैन।

के नाग इच्छाधारी हुन्छ ?

इच्छा अनुसार रूप बदल्न सक्छ र कहिले काही मानवकै रूप पनि धारण गर्न सक्ने सर्प हुने मान्यता समेत समाजमा छ  तर यो केवल कथाको लागि मात्र सुहाउने विषयवस्तु हुन आउँछ, यो केवल कल्पना मात्र हो। यही विषयमा अनेकौँ फिल्महरू पनि बनाइएका छन्, त्यसैले पनि यो मान्यता चर्चित छ।

सर्पले दूध पिउँछ ?

हिन्दु धर्ममा सर्पलाई दूध खुवाउने प्रचलन छ, जुन की पुरै गलत हो। सर्प मांसाहारी जीव हो। सर्पले चरा, मुसा जस्ता साना–साना प्राणीको सिकार गरी खाने गर्छ। दूध सर्पको प्राकृतिक आहार होइन। न त सर्पले दूधको फाइदा र बेफाइदा छुटाएर दूध खाने नखाने निर्णय गर्न सक्छ। समातेर कोचाए नखाने हैन तर यो बुद्धिमानी कार्य भने भएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?