जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोज्ने दुई जना चिनियाँ नागरिक नियन्त्रणमा

काठमाडौँ – नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोज्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार नेपाल हुँदै सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट उत्तर प्रदेश प्रवेश गर्न लागेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले मंगलबार नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहान छन् । घटना भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकको हो । यहाँ एसएसबी र प्रहरीको संयुक्त टोलीले गस्ती गरिरहेको थियो । त्यतिबेला उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट दुईवटा चिनियाँ राहदानी, एउटा नेपाली पर्यटक भिसा र दुईवटा मोबाइल, दुईवटा नेपाली र दुईवटा चाइनिज सिम, दुईवटा साना झोलामा रहेका विभिन्न किसिमका नौ थान कार्ड बरामद गरिएको एएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?