जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौँ– सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।

 बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो। 

सरकारले चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जनाएको छ।

साथै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?