जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एक्सरसाइज गरेलगत्तै कोल्ड ड्रिक्स वा सोडा पिउनु घातक

काठमाडौँ – प्रायः मानिसहरू व्यायाम गर्दा थकित वा तिर्खा लाग्दा सामान्य पानीको सट्टा सोडा वा चिसो पेय पदार्थ पिउने गर्छन्। व्यायामको समयमा वा पछि कोल्ड ड्रिंक पिउनु धेरै खतरनाक हुन सक्छ।

‘अमेरिकन जर्नल अफ साइकोलोजी रेगुलेटरी’ मा प्रकाशित एक अनुसन्धानले व्यायामको क्रममा चिसो पेय पदार्थ वा सोडा पिउनाले तपाईको मृगौलालाई हानि हुने बताइएकाे छ । शोधकर्ताहरूले व्यायाम गर्दा पानी वा जुस पिउन सकिन्छ तर चिसो पेयपदार्थ पिउनु स्वास्थ्यका लागि राम्रो नहुने बताएका छन् ।

केही व्यक्तिमा एक्सरसाइज गरेलगत्तै कोल्ड ड्रिक्स या सोडा पिउने बानी हुनसक्छ । थाकेको बेलामा यसले प्यास मेटाउन सघाएझैँ पनि लाग्न सक्छ । तर अमेरिकी जर्नल अफ साइकोलोजी रेगुलेटरीमा छापिएको एक सोधका अनुसार यस्तो बानी किड्नीका लागि खतरनाक देखिएको छ ।

एक्सरसाइज गर्दा प्यास लागे मन तातो पानी पिउँदा फाइदा हुने भए पनि कोल्ड ड्रिक्स या सोडा भने हानिकारक हुने सोधमा उल्लेख छ । अधिक चिनी भएको कोल्ड ड्रिक्स शरीरका लागि फाइदाभन्दा बेफाइदा नै बढी हुन्छ ।

सोडा पनि यही श्रेणीमा पर्छ । ६ सय मिलिलिटर सोडामा २ सय ४० क्यालोरी हुन्छ । यदि हरेक दिन एउटा सोडा या सफ्ट ड्रिक्स पिउने हो भने एक वर्षमा करिब साढे ६ किलो तौल बढ्छ । यसले क्यान्सरदेखि मुटुको रोगसमेत बढाउँछ ।

सफ्ट ड्रिक्स दाँतका लागिसमेत हानिकारक देखिएको छ । दाँतमा रहने ब्याक्टेरियाको खान्की गुलियो हो । चिनी खाएर ब्याक्टेरियाले एसिड बनाउँछ । यसले दाँतको इनामेलमा असर पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?