जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमिताभ बच्चनको यो फिल्म किन भएन १२ वर्षमा पनि रिलिज ?

काठमाडौँ – पिंक, विक्की डोनर र पिकु जस्ता फिल्म निर्माता सुजित सरकारको एउटा फिल्म भने डेढ दशकदेखि अलपत्र परेको छ । 

अमिताभ बच्चन अभिनीत यस फिल्मको नाम ‘शुबाइट’ हो । यो पूर्ण रूपमा सन् २०१२ मा निर्माण भएको थियो। तर आपसी मतभेदका कारण फिल्म रिलिज हुन भने अझै सकेको छैन् ।

भर्खरै सुजितले ‘शुवाइट’को बारेमा मात्रै बोलेका छैनन्, त्यो फिल्ममा अमिताभको अभिनयलाई पनि उत्कृष्ट भनेर प्रतिक्रिया दिएका छन् ।


सुजित सरकारका अनुसार अमिताभले आफ्ना सबै फिल्ममा काम गरेका छन् । जसमध्ये उनको मन पर्ने  ‘शुबाइट’ हो । बक्स अफिस वर्ल्डवाइडको रिपोर्ट अनुसार सुजितले फिल्मको बारेमा कुरा गर्दै भने, ‘शुबाइट मेरो मुटुको धेरै नजिक छ। यो मेरो र अमिताभको पहिलो सँगै फिल्म हो। म तपाईंलाई देखाउन चाहन्छु कि अमिताभ बच्चनले आफ्नो मन र आत्मालाई त्यो क्यारेक्टरमा कसरी राखेका छन्। यो बिल्कुल ओभरड्रामेटिक पनि होइन। अभिव्यक्ति, शान्तता र समझ शक्ति। अमिताभ बच्चन उनको डायलग डेलिभरीको लागि परिचित छन्। तर ‘शुबाइट’ मा उनी बोलेको देखिने छैन। यो केवल शुद्ध भावनाहरू मात्रै प्रकट भएको देखिनेछ ।’


सुजितलाई थप प्रश्न गरियो कि मतभेद सुल्झिएको छ ? के यो फिल्म कुनै पनि ओटीटी प्लेटफर्ममा देखिने छ ? यसबारे सुजितले भने, ‘हामी चीजहरू समाधान गर्न कडा प्रयास गरिरहेका छौं तर यो धेरै गाह्रो पनि छ। यद्दपी, मलाई आशा छ कि यो समाधान हुन्छ र हामी फिल्म रिलिज गर्न सक्छौँ ।’

एक स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा फिल्मको अधिकार डिज्नी र फक्ससँग रहेको लेखिएको छ । यो फिल्म हलमा रिलिज हुने कि ओटीटीमा रिलिज गर्ने भन्ने निर्णय निर्माताले गर्नुपर्ने हुन जान्छ ।

शुबाइट रोनी स्क्रूवालाको कम्पनी युटिभी मोशन पिक्चर्स द्वारा सुरु गरिएको थियो। फिल्मको सह निर्माता तब २०औं सेंचुरी फॉक्स थियो। जसका लागि चर्चित हलिउड फिल्म निर्माता निर्देशक मनोज नाइट शम्लानले यो कथा लेखेका थिए ।

खासमा उनले युटिभीलाई फिल्म बनाउन अनुमति दिए तर पछि उनले आफैँ अङ्ग्रेजीमा बनाउने निर्णय गरे र उनी आफ्नो अङ्ग्रेजी फिल्म पहिले रिलिज हुने र त्यसपछि मात्रै त्यही कथामा हिन्दी फिल्म रिलिज हुने कुरामा अडिग रहे पछि त्यसयता यो फिल्म अलपत्र रहेको छ, रिलिज हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?