जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यी हुन् अण्डा खानुका फाइदाहरू

अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरूले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ ।

यसका साथै पहेँलो भागको तुलनामा भिटामिन बी २ र निकै थोरै मात्रामा चिल्लो र कोलेस्ट्रोल पाइन्छ । 

सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पनि पाइन्छन् । पहेँलो भागमा भने बढी क्यालोरी र चिल्लो पदार्थ पाइन्छ ।

तिनमा कोलेस्ट्रोल, चिल्लोको मात्रा भएको भिटामिन ए, डी, इ र के तथा लेसिथिन पाइन्छ । आजकाल केही खालका अण्डामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ ।

एउटा मध्यमखालको अण्डामा ७६ क्यालोरी, ७.५ ग्राम प्रोटिन, ५.१ ग्राम फ्याट र १.४ ग्राम स्याचुरेटेड फ्याट पाइन्छ । एक अध्ययनअनुसार एक बच्चालाई ६ महिनासम्म दैनिक एउटा अण्डा खान दिनाले उसको स्वस्थ वृद्धिमा मद्दत पुग्छ ।

अण्डा सेवन गर्दा हुने स्वास्थ्य लाभ :

रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ

अण्डामा पाइने सेलेनियमले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ भने थाइराइड हर्मोनलाई नियमित पर्छ । विशेष गरी बच्चाले अण्डा खानु लाभदायी मानिन्छ । यदि बच्चा र वयस्क व्यक्तिले आवश्यक मात्रामा सेलेनियम पाएनन् भने मुटु, हड्डी र जोर्नी दुख्ने ‘केशन रोग’ विकास हुने खतरा हुन्छ।

कोलेस्ट्रोलमा सुधार गर्छ

अण्डामा कोलेस्ट्रोल बढी  हुन्छ । एउटा ठूलो खालको अण्डामा २१२ एमजी कोलेस्ट्रोल हुन्छ । तर यसको अर्थ यो होइन कि अण्डाले रगतमा खराब कोलेस्ट्रोल बढाउँछ । शरीरले कोलेस्ट्रोल आफैँ उत्पादन गर्छ, बरु अण्डाले कोलेस्टेरोललाई सुधार गर्छ भन्ने कुरा पनि प्रमाणित भैसकेको छ ।

छाला र कपालको स्वास्थ्यका लागि

स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि बी कम्लेक्स भिटामिन आवश्यक हुन्छ । अण्डा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई राम्ररी सञ्चालन गर्न मद्दत गर्छ ।

दिमागको रक्षाका लागि

अण्डालाई ‘ब्रेन फुड’ पनि भनिन्छ । यसमा भएको कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ । कोलिन सेल मेम्ब्रेनको आवश्यक तत्व हो । शरीरमा कोलिन तत्त्वको कमीले मानसिक समस्या उत्पन्न हुने अध्ययनहरूले देखाएका छन् । अमेरिकामा गरिएको एक अध्ययनअनुसार ९० प्रतिशत अमेरिकीले आवश्यकभन्दा कम मात्रामा कोलिन तत्व भएका खाद्यपदार्थ लिने गर्छन्।

जीवन रक्षा गर्छ

शरीरलाई २० खालका अमिनो एसिड चाहिनेमा शरीर आफैँले ११ खालका अमिनो एसिड पूर्ति गर्छ । बाँकी ९ खालका अमिनो एसिड भने अण्डाबाट पूर्ति गर्न सकिन्छ । ती ९ खालका अमिनो एसिड नभएमा रोग प्रतिरोधी क्षमतामा कमी आउने, कमजोरी हुने र कपाल तथा छालाको रङ्ग परिवर्तन आउने  समस्या हुन्छ ।

एन्टिअक्सिडेन्टको स्रोत

अण्डामा २ खालका एन्टीअक्सिडेन्ट पाइन्छ, लुटिन र जियासान्थिन नामका  । यी तत्व आँखाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यो अण्डाको पहेँलो भागमा पाइन्छ ।

हड्डी र दाँत स्वस्थ राख्छ

अण्डा भिटामिन डी को प्राकृतिक  स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ । यसले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्दत गर्छ । क्याल्सियम स्वस्थ मुटु, कोलोन र मेटाबोलिजमका लागि महत्त्वपूर्ण मानिन्छ । यसका साथै अण्डा कलेजोका लागि स्वस्थकर मानिन्छ भने टाइप २ डाइबिटिज लाग्ने खतराबाट पनि बचाउने काम गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?