जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तपाईं तरकारीमा भ्यान्टा कतिको खाने गर्नुहुन्छ ?

भ्यान्ट मानव स्वास्थ्यका लागि निकै फाइदाजनक

काठमाडौँ – तपाईं तरकारीमा भ्यान्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस्। किनकी भ्यान्ट मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो।

भ्यान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ। शरीरमा आइरन बढाउन मात्र होइन भ्यान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ। रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुयौउने भ्यान्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ।

अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भ्यान्टले तपाईलाई सहयोग गर्छ। भ्यान्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ। चुरोटका अम्मलीले नियमित भ्यान्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ।

भ्यान्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ। पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भ्यान्टामा पानीको मात्रा समेत धेरै हुन्छ। जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ।

मधुमेहको रागीका लागि समेत भ्यान्टा उपयोगी हुन्छ। फाइबरको मात्रामा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यस्ले मद्धत गर्छ। टाइप टु मधुमेह भएकाहरुलाई अझ यो बढी प्रभावकारी हुन्छ। भ्यान्टाले कपाल झर्ने समस्यालाई समेत कम गर्न मद्धत पुग्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?