जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के हो सलमान खान ‘द बुल’बाट बाहिरिएको हल्लाको वास्तविकता ?

काठमाडौँ –  ‘द बुल’ घोषणा भएयता नै चर्चाको केन्द्रमा रहेका सलमान खानले सो फिल्म छोडेको हल्ला चलेको छ । 

‘टाइगर ३’ पछि नयाँ प्रोजेक्टमा काम गरिरहेका सलमान  आगामी फिल्म ‘द बुल’ मा देखिने तयारीमा थिए । 

भारतीय मिडियामा आएका समाचारका अनुसार सलमान खानले विष्णुवर्धनको निर्देशन र करण जोहरको लगानीमा बन्न लागेको ‘द बुल’मा खेल्न अस्वीकार गरेका छन् ।

यसमा फिल्मको सुटिङको मिति निश्चित गर्ने विषयमा उनीहरुले गरिरहेको अलमललाई कारण मानिदा  सलमानले यो फिल्मको सुटिङका लागि दिएको डेट साजिद नाडियाडवालाको फिल्मलाई दिएको खबरहरू आइरहेका छन् ।

यद्यपि अफवाहबारे सलमान वा द बूलका निर्माताहरुले केहि पनि बताएका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?