जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अफगानिस्तानविरुद्धको टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं – भारतले अफगानिस्तानविरुद्धको टी २० सिरिजका लागि टिमको घोषणा गरेको छ। जनवरी ११ देखि हुने तीन खेलको टी-२० सिरिजका लागि कप्तान रोहित शर्मा र विराट कोहलीले टिममा कमब्याक गरेका छन्।

रोहित शर्मा र विराट कोहली २०२२ को नोभेम्बर १० मा इङल्याण्डविरुद्धको खेलपछि टी-२० टिममा फर्किएका छन्। उनीहरुलाई आगामी टी-२० विश्वकपलाई ध्यानमा राख्दै टिममा फर्काइएको हो।

अफगानिस्तानविरुद्धको टी-२० सिरिजको कप्तानी रोहित शर्माले गर्ने भएका छन्। यस सिरिजमा सूर्यकुमार यादव र हार्दिक पाण्डेय खेल्ने छैनन्। दुवै इन्जुरीका कारण टिम बाहिर रहेका छन्।

भारतीय टिममा रोहित शर्मा ‘कप्तान’, शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिभम दुवे, वाशिंटन सुन्दर, अक्सर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आभेश खान र मुकेश कुमार रहेका छन्। भारतले अफगानिस्तानविरुद्ध जनवरी ११ मा पहिलो, जनवरी १४ मा दोस्रो र जनवरी १७ मा तेस्रो खेल खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?