जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८० साल पुस २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल पुस २३ गते सोमबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : असल व्यक्तित्व सँगको सहकार्यले व्यवसायमा फाइदा हुनेछ । शुभ कार्यको योजना बनाउनु राम्रो हुन्छ । साथीभाइबाट सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक यात्रामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको राम्रो साथ रहने योग रहेको छ।

मिथुन : शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। पारिवारमा खुसी मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता रहने योग छ। व्यापार गर्दा फाइदा हुने देखिन्छ।

कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह  : आजको दैनिकी सामान्य छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल भए पनि आर्थिक क्षेत्रमा झुक्याउने भेटिन सक्छन्। आर्थिक व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

कन्या : काम नगरी फलको आश गर्दा निराश बन्नुपर्ने छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ। आजको दिनमा भाग्यको भर नपरेकै राम्रो हुन्छ।

तुला : दिन सामान्य राम्रो छ। आर्थिक र शैक्षिक क्षेत्र सबल देखिन्छन्। उन्नतिका लागि घरमा छलफल गर्नु महत्त्वपूर्ण हुन्छ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ। परिवारको सहयोग लिएर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

वृश्चिक : आजको दिन आफूलाई धेरै समय दिनु राम्रो हुन्छ। अरुसँग अपेक्षा गर्नु गलत हुन्छ। जुनसुकै काम गर्दा पनि विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। सानो गल्तीले ठुलो क्षति हुनसक्ने योग छ।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर : दिन सामान्य छ। गुरुको गाली खानुपर्ने देखिन्छ। खर्च बढ्नसक्छ। आज यात्रा नगर्नु राम्रो हुन्छ। खानपानका कारण अरुले कुरा काट्नेछन्। परिवारबाट सहयोग मिल्नेछ।

कुम्भ : शनिदेवको छाया रहेकाले अरुले गल्ती गरे पनि दोष आइलाग्न सक्छ। शनि अनुकल भए राम्रो प्रगति हुन्छ। शनि अनुकल भए नभएको कुरा जन्मकुण्डली हेरेर थाहा पाउन सकिन्छ। त्यही आधारमा सुझाव लिनु राम्रो हुन्छ।

मीन : दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?