जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इलामका महिलाले शुरु गरे ‘सेनिटरी प्याड’ उत्पादन

इलाम–इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन शुरु भएको छ । 

इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन। 

उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै उनले  भनिन्, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।”

बुधबार एक औपचारिक कार्यक्रमकाबीच नगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गरेका हुन् । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे । 

“अहिलेकै उत्पादनले परिपूर्ति नहोला तर, उत्पादनमा वृद्धि गरेर ‘प्याड’मा इलामलाई आत्मनिर्भर बनाउने कुरामा सफलता मिल्छ भन्नेमा ढुक्क छु”, उनले भने “महिलाले उद्योग सञ्चालन गरेको कुराले समाजमा सकारात्मक सन्देश प्रवाह भएकामा खुसी छु ।”

उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदेनले जानकारी दिइन् । 

उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनले बताइन । उनका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?