जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक

अनुहारमा दूध लगाउनुभयो भने, तपाइ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत पुग्नेछ ।

काठमाडौं– गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ।

त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईँलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाइको अनुहारलाई चम्किलो राख्छ।

– यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाइ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दूध उपयुक्त हुन्छ ।

-नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँ जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।

– एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले तपाईंको खुला छिद्रहरू कडा बनाउँछ।

-तपाईं दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। केवल आफ्नो अनुहारमा कपास लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धनुहोस, तपाईंले आफ्नो अनुहारमा फरक चमक पाउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?