जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायक राजेश पायल राईले भने– भोलि इटहरीमा भेट्नेछौँ

काठमाडौँ– गायक राजेश पायल राईले भोलि (शुक्रवार) इटहरीमा लाइभ कन्सर्ट गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।

गएराति मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा उनीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

यसैबीच उनले सामाजिक सञ्जालमार्फत भोलि इटहरीमा लाइभ कन्सर्टका बारेमा जानकारी दिएका हुन् ।

गायक राईका अनुसार उनले इटहरीस्थित ओसन पार्क रिसार्टमा आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?