जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायक राजेश पायल राई हिरासतबाट छुटे

काठमाडौँ– मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेश पायल राई छुटेका छन् ।

गएराति २ बजेतिर प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्थानीयले होहल्ला भएको भन्दै प्रहरीमा खबर गरेपछि उनीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको थियो ।

उनलाई आफन्तको जिम्मा लगाएर छोडिएको प्रहरीले जनाएको छ ।

भोलि नै इटहरीमा एक कार्यक्रममा सा‍ंगीतिक प्रस्तुति दिने गायक राईले यसअघि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्: राजेश पायल राईका विवादित किस्सा : ‘ब्याक किक’ हान्नेदेखि तातो पानी खन्याउनेसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?