जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरेलको महाकाव्य ‘माइपोखरी’ लोकार्पण

काठमाडाैँ- दीनानाथ पोखरेलको महाकाव्य ‘माइपोखरी’ लोकार्पण भएकाे छ ।

हालै कमलादीकाे प्रज्ञा प्रतिष्ठानमा मुकुन्द शर्मा चालिसे, कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’, डा. देवी नेपाल, चन्द्रप्रसाद न्यौपाने, डा. इन्दुल केसी लगायतकाले कृतिकाे लोकार्पण गरेका हुन् ।

भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपाल भक्तपुरको संयुक्त आयोजनामा गरिएकाे कार्यक्रममा लोकार्पित कृतिको बारे डा. देवी नेपालले चर्चा गरेका थिए ।

स्रष्टा पोख्रेलका यसअघि ‘श्रद्धाञ्जली शोकखण्डकाव्य’ र ‘मुटुभित्रको माटो’ गरी दुई छन्द कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?