जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ब्रुईनको आगमनमा म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं– केभिन डी ब्रुईनको आगमनमा म्यानचेस्टर सिटीले एफ ए कप फुटबलमा शानदार जित निकालेको छ । आइतबार इतिहाद स्टेडियममा भएको खेलमा सिटीले हुडर्सफिल्डलाई ५–० गोल अन्तरले हराएको हो ।

ब्रुईन गत अगष्टपछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबलमा फर्किएका हुन् । उनी चोटका कारण लामो समय मैदान बाहिर थिए । उनी दोस्रो हाफमा मैदान छिरेका थिए । उनले पाँचौं गोलका लागि असिस्ट समेत गर्न भ्याए ।

सिटीको जितमा फिल फोडेनले दुई तथा जुलियर अल्भारेज र जिरेमी डोकुले समान एक एक गोल गरेका थिए । बेन ज्याकसनले एक आत्मघाति गोल सिटीलाई उपहार दिएका थिए ।

शानदार जित सहित पेप ग्वार्डिओलाको टिम एफ ए कपको चौथों चरणमा प्रवेश गरेको छ । म्यानचेस्टर सिटीले गत सिजन एफ ए कप सहित ट्रेबल उपाधि जितेको थियो ।

पाहुना टोलीले सिटीलाई ३३ मिनेटसम्म रोक्न सफल भएको थियो । अल्भारेजको पासमा फोडेनले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै चार मिनेटमा अल्भारेजले सिटीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा ज्याकसनको आत्मघाति गोलमा सिटी ३–० ले अघि बढेको थियो । फोडेनले ६५ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ठुलो जिततर्फ अग्रसर गराएका थिए । दोस्रो हाफमा मैदान छिरेका ब्रुईनको पासमा डोकुले सिटीलाई ५–० को शानदार जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?