जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालमै पहिलो चोटी किड्नी माथिको ठूलो ट्युमरको सफलतापूर्वक शल्यक्रिया

काठमाडौं – नेपालमै पहिलो चोटी किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा किडनीमा रहेको लेफ्ट एडरनल ट्युमरलाई सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

करिब २ किलो ६ सय ग्रामको सो ट्युमर हटाउन प्रतिष्ठानका प्रोफेसर तथा युरोलोजीस्ट डा. सुधिर सिंहको नेतृत्वको टोलीले नेपालमै पहिलो पटक सफल शल्यक्रिया गरी इतिहास रचेको बताइएको छ । क्यान्सर ठिक गराउन भरतपुर क्यान्सर अस्पताल देखि लिएर भारतको विभिन्न ठाउँमा पुगेका जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २४ बसहियाका ३५ वर्षीय रामतोला देवीले पैसा नभएकै कारण उपचार गराउन सकेकी थिइनन् ।

‘लाखौ रकम खर्च गर्न सक्ने अवस्था नरहेको र कयौं अस्पतालबाट उपचार नहुने जवाफले निराश भएकी थिए’ पीडित महिलाले भनिन्, ‘आफ्नै ठाउँको अस्पतालमा निःशुल्क सफल उपचार गरिदिने डाक्टरहरु मेरा लागि भगवान नै हुन् ।’

शल्यक्रिया टिमको नेतृत्व गरेका डा. सुधिर सिंहले यस किसिमको शल्यक्रिया नेपालमै पहिलो पटक भएको दाबी गरेका छन् । ‘बिरामीको ट्युमर किडनीसंगै टाँसिएको थियो, तर हामीले किडनीलाई समेत बचाउँदै ट्युमरलाई निकाल्न सफल भएका छौ’, उनले भने । नेपालमै पहिलो पटक भएको कारण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ठूलै उपलब्धि रहेको रजिष्ट्रार डा.विनोद यादवले बताए । शल्यक्रियामा डा.सिंहसंगै डा.नविन साह, डा.अमित कर्ण, डा.संजय यादव र ओटीका टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?