प्रदर्शनमा आयो शोभित बस्नेतको फिल्म ‘बद्री बहादुर’ 

काठमाडौँ – शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ प्रदर्शनमा आएको छ ।

कमेडी जनरामा निर्माण भएको फिल्मले हलमा शो भने निकै कम पाएको छ। 

फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरूङ, राजीवजंग बस्नेत, एलिना गुरुङ, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक बस्नेत स्वयंले अभिनय गरेका छन्।

एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेतलाई दर्शकले देख्न पाउनेछन्। कमेडी र एक्सनको मिश्रण भएकाले फिल्मले  दर्शकलाई बाधि राख्ने  निर्माण पक्षको दाबी छ ।

विजय गोपाल दली प्रस्तुतिकर्ता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्।

रामकाजी घिमिरेको पटकथा लेखन, विनोद सापकोटाको छायाङ्कन, शङ्कर महर्जनको द्वन्द्व रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?