जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

खुट्टाको दुर्गन्धले हैरान ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौँ- खुट्टा गन्हाउने समस्या धेरैलाई पिरलो हुन्छ। लामो समयसम्म जुत्ता-मोजा लगाउँदा, पसिना बढी आउने वा खुट्टा राम्रोसँग नधोएर सफा नगर्दा दुर्गन्ध फैलिने गर्दछ। यो केवल असजिलो मात्र होइन, आत्मविश्वासमा पनि असर पार्ने समस्या हो। तर केही घरेलु उपाय अपनाएमा सजिलै समाधान गर्न सकिन्छ।

पहिलो उपाय सफाइ हो। दैनिक कम्तीमा एकपटक साबुनपानीले खुट्टा राम्रोसँग धुनुपर्छ। धाएपछि खुट्टा राम्ररी पुछेर सुकाउनु जरुरी छ। भिजेको खुट्टामा ब्याक्टेरिया चाँडै बढ्ने भएकाले सधैं खुट्टा सुक्खा राख्नुपर्छ।

दोस्रो, मोजाको छनोट महत्त्वपूर्ण हुन्छ। कपास वा सास फेर्ने गुण भएको कपडाको मोजा प्रयोग गर्दा पसिना सोसिन्छ र दुर्गन्ध कम हुन्छ। दैनिक मोजा फेर्ने बानी बसाल्नु फाइदाजनक हुन्छ।

तेस्रो, खुट्टाको दुर्गन्ध हटाउन घरेलु सामग्री पनि प्रयोग गर्न सकिन्छ। नुन हालेर तातोपानीमा खुट्टा १०–१५ मिनेट डुबाएर राख्दा दुर्गन्ध कम हुन्छ। यस्तै, सिरक वा नीबूको रस मिसाएर खुट्टा धुन्दा ब्याक्टेरिया नष्ट हुन्छ।

चौथो, जुत्ता लामो समयसम्म निरन्तर प्रयोग नगर्नुहोस्। एउटै जुत्ता हरेक दिन प्रयोग गर्नुको सट्टा पालैपालो प्रयोग गर्दा जुत्ता सुक्ने मौका पाउँछ र दुर्गन्ध घट्छ।

अन्ततः, खुट्टा गन्हाउने समस्या सामान्य भए पनि यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि ठीक हुँदैन। नियमित सफाइ, उचित मोजा-जुत्ता प्रयोग र घरेलु उपायले यसबाट सजिलै मुक्ति पाउन सकिन्छ।

– खुट्टा सुख्खा हुँदैन
क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।

– खुट्टाको दाग हटाउँछ
मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।

– खुट्टाका मासुका डल्ला हराउँछ
राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।

– पैताला नरम हुन्छ
कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।

कसरी गर्ने कागतीको प्रयोग ?
कागतीलाई दुईभागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?