जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कस्तो रहला सोमबारको मौसम ?

काठमाडौँ– अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
 
आज दिउसो भने बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

त्यस्तै आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?