जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जानकी मन्दिरमा दर्शनार्थीको घुइँचो,भारतीयमा पनि बढ्दै चासो 

काठमाडाैँ – विश्वभरिका हिन्दुहरूको आस्थाको केन्द्र सिताको जन्मभूमि जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ ।

पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दासले बताए । उनले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताए।

मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटक आउने गरेको पुजारी दासले जानकारी दिए । अहिले पर्यटकको भीड जानकी मन्दिरपछि राममन्दिर, लक्ष्मणमन्दिर, विवाह मण्डपका साथै धनुषाको धनुषाधाम रहेको धनुषा मन्दिरमा देखिन्छ ।

पर्यटक नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, मध्येप्रदेश, उत्तराखण्डलगायत राज्यबाट पर्यटक जनकपुरधाम आउने गरेका छन् ।

काठमाडौँ इन्द्रचोक बस्ने विजयमान श्रेष्ठले पहिलो आज पटक जनकपुरधामस्थित जानकी मन्दिर घुम्न आएको बताए । “विवाह पञ्चमी महोत्सवबारे सञ्चार माध्यममा हेरेपछि जानकी मन्दिर घुम्न आएको छु”, उनले भने, “श्रीमती छोरा, छोरी गरी परिवारका १२ सदस्यसहित जनकपुरधाम घुम्न आएको छु ।”

भारतको मध्य प्रदेशको अशोकनगर जिल्लाबाट गाउँको ६० जनाको समूहका जानकी मन्दिर घुम्न आएको दर्शनार्थी मनोज शर्माले बताए । उनले काठमाडौँको पशुपतिनाथको दर्शनपछि जानकी मन्दिर दर्शन गर्न आएको जानकारी दिए।

जानकी मन्दिरको दर्शन गरेपछि आफू धन्य भएको बताउँदै शर्माले माता सीताको जन्मभूमि तथा भगवान् रामको ससुराली दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वास व्यक्त गरे । “यहाँबाट गएपछि गाउँका अन्य मानिसलाई पनि जानकी मन्दिर घुम्न आउन सुझाव दिन्छु”, शर्माले भने, “जनकपुरधाममा दुई दिन बसेर यहाँका अन्य धार्मिक स्थलमा घुमघाम गर्दै पूजाअर्चना गर्ने कार्यक्रम छ ।”

अहिले जनकपुरधाममा भारतीय र नेपाली पर्यटकको आउजाउ बढेको होटेल व्यवसायी अभिषेक भुनझुनवालाले बताए । उहाँका अनुसार दैनिक करिब आठ सयको सङ्ख्यामा जनकपुरधाम आउने गरेका छन् । सीताको जन्मभूमि रहेको कारणले धार्मिक पर्यटक जनकपुरधाम अत्यधिक आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?