जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल र भारतबीच कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युत् आयात–निर्यात हुने

काठमाडाैँ – नेपाल र भारतबीच अब कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युतको आयात–निर्यात हुने भएको छ ।

नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले १३२ किलोमोल्ट तथा सो भन्दा कम क्षमताका विद्यमान प्रसारण लाइनबाट भारतको छिमेकी राज्यको प्रसारणलाइन उपयोग गरी दुई देशबीच विद्युत आयात–निर्यात गर्ने बारे विधि–प्रक्रिया स्वीकृत गरिएको छ ।

अब नेपालले भारतको विहार तथा उत्तर प्रदेश राज्य स्तरीय प्रसारण प्रणाली प्रयोग गरी नेपाल–भारतबीच विद्युत आयात निर्यात गर्न सक्ने छ ।

यो बैठकले टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य भोल्टेज क्षमताका प्रसारण लाइनबाट थप विद्युत निर्यात गर्न सम्भाब्य विकल्पबारे समेत अध्ययन गराउने निर्णय गरेको छ ।

नेपाल र भारतबीच इनरवा–पुर्निया र न्यू लुम्की–बरेली ४ सय किलोभोल्ट क्षमताका दुई अन्तर देशीय प्रसारण लाइनको निर्माण क्रमशः २०२७–२८ र २०२८र२९ सम्म सम्पन्न गर्न लगानीको मोडालिटी टुग्याउने जिम्मा नेपाल भारत ऊर्जा संयुक्त कार्यदललाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?