जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिकामा सोमबार दिउँसो चार मिनेट अन्धकार हुने

काठमाडौं- सोमबार उत्तर अमेरिकामा खग्रास सूर्यग्रहरण लाग्ने भएको छ । खग्रास ग्रहणका कारण सोमबार उत्तर अमेरिकाका मेक्सिका, अमेरिका र क्यानाडामा ४ देखि ७ मिनेटसम्म दिउँसै अध्यारो हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मेक्सिकोको टोरेन, अमेरिकाका डालस, सान एन्टोनियो, इण्डियानापोलिस, बुफेलो क्यानाडाको मोन्ट्रियलजस्ता सहरमा खग्रास ग्रहण लाग्नेछ ।

ती क्षेत्रमा बसोबास गर्ने चार करोड ४० लाख जनाले खग्रास ग्रहण देख्न पाउनेछन् । त्यसबाहेक अमेरिकामा ग्रहण हेर्नका लागि लाखौँ मान्छेले ग्रहण पर्ने स्थानमा होटेल बुक गरेका छन् ।

पृथ्वीमा आउने सूर्यको प्रकाशलाई चन्द्रमाले छेकेपछि सूर्यग्रहण लाग्ने खगोलविदहरु बताउँछन् । नेपालबाट भने यो ग्रहण देख्न पाइनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?