जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तामाङ समुदायले भोगेको दुखको कथा ‘मासिन्या’ मञ्चन हुँदै

काठमाडौँ – युगौँदेखि तामाङले भोग्दै आएको पीडा समेटिएको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ। 

बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशनमा नाटक थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुन लागेको हो।

माघ ११ देखि २८ सम्म मञ्चन हुने नाटकलाई ‘शताब्दीऔँदेखि गढेको खिल’  भनिएको छ। नाटकमा साहित्यकार लक्ष्मी रुम्बा, राजु स्याङ्तान, राबतको संयुक्त लेखन छ।

इतिहास हेर्दा  राणाकालमा जंगबहादुर राणा प्रधानमन्त्री भएपछि २०१० सालको जारी भएको मुलुकी ऐनले आदिवासी जनजातिलाई दुई भागमा वर्गीकरण गरेको थियो ।

मासिन्या मतवाली र नमासिन्या मतवाली मध्ये तामाङ मासिन्यामा पर्‍यो भने यसमा पर्नेलाई दास बनाउन पाइने कानुन निर्माण गरियो । 

इतिहासको यही क्षणले आदिवासीलाई अहिले पनि लखेटिरहेको अधिकारकर्मीहरू बताउँछन् । यही पृष्ठभूमिमा तयार भएको नाटक ‘मासिन्या’ सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ।

शनिबार भने दिउँसो १ बजेको अतिरिक्त शो पनि हुने जनाइएको छ।

नाटकमा निर्देशक सोनामसहित कलाकार रमिला मोक्तान, रविन दोङ, इँगिहोपो कोँइच सुनुवार, रोहनी लामा, विजय नेपाल, सचिन बोम्जन, शीतल थोकर, निर्मल साउद, अजय लामा र सानुमाया थोकरको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?