जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एफए कप : लिभरपुल चौथो चरणमा प्रवेश

काठमाडौँ– एफए कप फुटबल अन्तर्गतको खेलमा लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले पराजित गरेको हो । 

लिभरपुलका लागि लुइस डिआजले एक गोल गरे भने अर्को गोल  आर्सनलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलको अग्रताको सुरुवात नै आत्मघाती गोलबाट गरेको थियो । दोस्रो हाफको ८०औँ मिनेटमा आर्सनलका जाकुव विविओरले आत्मघाती गोल गरेपछि लिभरपुल १–० गोलले अगाडि बढेको थियो ।

त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा डिआजले गोल गर्दै टोलीलाई २–० को जित दिलाएका थिए ।

यो जितसँगै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?