जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौँ – झन्डै तीन क्विन्टल गाँजासहित सुनसरी प्रहरीले दुई जना  पक्राउ गरेको छ ।
भारत तस्करी हुन लागेको सो परिमाणको गाजासहित सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट  आइतबार राती दुई जना   पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र   कोशि गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् । 

सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार उनीहरूले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूले भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा कोशी कटानमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भरेर भारत पुर्‍याउने गरेका थिए । 

यसबारे विशेष सूचना पाएको प्रहरी टोलीले ८ वटा बोरामा  र साना पोकाहरूमा पनि गाँजा बरामद गरेको छ । गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरीले जनाएको ६ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?