जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यी हुन् विश्वका दश प्रभावशाली शहर

काठमाडौं– इन्टरनेटको विकास सँगै विश्व निकै सानो भएको छ । केही समयमै पृथ्वीमा अवस्थित एउटा शहरबाट अर्को शहरमा पुग्न पनि मानिसलाई सहज भएको छ ।

नेपालीहरु पनि विश्वका कैयन् देशहरु घुम्न गइरहेका छन् । कतिपय अध्ययन गर्नका लागि जान्छन् भने कतिपय नेपाली रोजगारीको शिलशिलामा विश्वका कैयन् मुलुकमा पुग्ने गरेका छन् ।

आज भने हामीले विश्वका त्यस्ता प्रभावशाली शहरहरुको चर्चा गर्दैछौँ । जुन शहरलाई पृथ्वीकै प्रभावशाली शहरका रुपमा सूचीकृत गरिएको छ ।

वर्ल्ड अफ स्टाटिस्टिकका अनुसार विश्वको पहिलो प्रभावशाली शहरमा लण्डन रहेको छ । विश्व शक्ति मानिएको सयुंक्त राज्य अमेरिकाको न्यूयोर्क शहर भने दोस्रोमा पर्छ ।

यी हुन् विश्वका दश प्रभावशाली शहरहरुः
१. लण्डन (इङ्ल्याण्ड)
२. न्यूयोर्क (अमेरिका)
३. टोकियो (जापान)
४. पेरिस (फ्रान्स)
५. सिंगापुर (सिंगापुर)
६. एम्स्टर्डम (नेदरल्याण्ड)
७. सिओल (दक्षिण कोरिया)
८. दुबई (युएई)
९. मेलबर्न (अस्ट्रेलिया)
१०. बर्लिन (जर्मनी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?