जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘एनिमल’लाई लिएर जावेदले गरे आलोचना, फिल्ममेकरले दिए यस्तो जवाफ

काठमाडौँ – रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ अहिले पनि हलमा प्रदर्शनमै छ। १ डिसेम्बरबाट रिलिज भएको यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ।  

तर बक्सअफिसमा हिट भए पनि यो फिल्म प्रदर्शनबाटै विभिन्न आलोचनाको सिकार हुँदै आएको छ । यहीबिचमा भारतीय गीतकार तथा लेखक जावेद अख्तरले एनिमलजस्तो फिल्म सफल हुनुलाई खतरनाक भएको टिप्पणी गरेपछि यसमा अर्को अध्याय थपिएको हो ।

जावेदको  यस भनाइप्रति सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रियाहरू आइरहेका छन्। 

जावेदलाई फिल्म एनिमल निर्माण टिमले पनि एक्समार्फत कडा जवाफ दिएका छन्।  नामी फिल्म लेखक तथा साहित्यकार  उत्तर दिँदै टिमले जावेदको क्षमतामाथि नै प्रश्न गरेका हुन । 
 
‘यदि तपाईँको क्षमताको लेखकले प्रेमी को विश्वासघात बुझ्न सक्दैन भने तपाईँको सबै कला ठूलो झुट हो।’

जावेदको टिप्पणीप्रति जवाफ दिँदै लेखिएको – ‘यदि कुनै महिला (जसलाई प्रेमको नाममा पुरुषबाट धोका मिलेको छ)ले मेरो जुत्ता चाट भन्दा मानिसहरू फेमिनिस्ट भन्दै उत्सव मनाउँथे। प्रेमलाई लैङ्गिक राजनीतिबाट टाढा राख्नुहोस्। प्रेमीले धोका दियो र झुट बोल्यो। जस कारण प्रेमीले मेरो जुत्ता चाट भनेको हो।’

मेकर्सको जवाफपछि सामाजिक प्रयोगकर्ताले समेत विभिन्न कमेन्ट गरिरहेका छन्। जसमा जावेद माथिको फिल्म टोलीको प्रतिक्रियामै प्रश्न उठाइएको छ ।

‘यदि तपाईँले हरेक आलोचनाको जवाफ दिनुपर्छ भने, यसको मतलब तपाईँले समस्याग्रस्त फिल्म बनाउनुभयो।’ एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?