जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

देशको कथा समेटिएको गीत भ्रष्टाचारी बजारमा

नवलपरासी – नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गित भ्रष्टाचारी बजारमा आएको हो ।

अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगित भरेका छन । गितमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गितलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गितका प्रस्तुतकर्ता विमल भट्टराईले बताएका छन ।

भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीबन, आधा सिन्दुर र ताई न तूई, सर्ट फिल्म सामाजिक दुरी, गरिवको जीबन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरि सकेका छन् भने उनी शिखा मिडिया प्रा लि अर्थात दर्पण पोष्ट डट कम को अध्यक्ष पनि रहेका छन् ।

भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी लगाएका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन । गितले नेपालको अबस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गित संगित फेरी पनी ल्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?