जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गोल्डेन ग्लोब अवार्डमा ‘‌‌ओपनहाइमर’ को वर्चस्व

काठमाडौं– अमेरिकाको क्यालिफोनिर्यामा आयोजित ८१ औँ गोल्डेन ग्लोब्स अवार्डमा हलिउड फिल्म ‘ओमनहाइमर’ ले वर्चश्व कायम राखेको छ ।

गोल्डेन ग्लोबको ८१ औँ अवार्ड कार्यक्रम २०२४ मा ओपनहाइमरले विधामा अवार्ड जितेको हो ।

यो बायोपिक फिल्मले ड्रामा क्याटगोरीमा बेस्ट मोसन पिक्चरको अवार्ड जितेको छ भने निर्देशक क्रिस्टोफर नोलनलाई बेस्ट उत्कृष्ट निर्देशकको अवार्डले सम्मान गरियो ।

यस्तै ओपनहाइमरको भूमिका निभाएका सिलियन मर्फीलाई उत्कृष्ट कलाकारको अवार्ड प्रदान गरियो भने रबोर्ड डाउनी जुनियरलाई सबैभन्दा उत्कृष्ट सपोर्टिङ कलाकारको अवार्ड प्रदान गरियो ।

यस्तै ओपनहाइमरले बेस्ट ओरजिनल स्कोरको विधामा पनि अवार्ड जितेको छ । यो अवार्ड बेस्ट ओरजिनल स्कोरका लागि लुडविक गोरानसनलाई प्रदान गरियो ।

यस्तै बार्बीले पनि सिनेम्याटिक र बक्स अफिस एचिमेन्ट अवार्ड जित्यो । यो फिल्ममले विश्वभर १.४ अर्ब डलरको कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?