जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतमा चोरले एटीएम मेसिन नै चोरेपछि

काठमाडौँ – भारत एटीएम मेसिन नै चोरी भएको छ । एसबीआई बैंकको एटीएम मेसिन आईतबार राति करिब अढाई बजे चोरी भएको हो ।

उक्त घटना आगराको कागारौल गाउँमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सीसीटीभी क्यामेरामा कैद भएको फुटेजमा चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको देखिएको छ।

एटीएम मेसिन रहेको घरकै माथिल्लो तलामा बस्दै आएका रामनिवास रावतले राति आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए । केही बेरमा प्रहरी आएर हेर्दा एटीएम मेसिन चोरी भइसकेको थियो । 

एटीएम मेसिनमा २९ देखि ३० लाख नगद रहेको पुलिस कमिस्नर डा.प्रितीन्दर सिंहले बताएका छन् । आसपासका क्षेत्रमा चेकजाँच कडाइ गरिएको र नाकाहरुमा निगरानी बढाइएको जानकारी दिँदै चोरहरू चाँडै पक्राउ पर्ने सिंहले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?