जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जुनियर एनटिआरसँग सहकार्य गर्दै करण जोहर

काठमाडौँ – फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवाराः पार्ट १’ मा सामेल भएका छन्। 

 करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतीय नाटकीय वितरण अधिकार किने पछि उनको सहकार्य जुनियर एनटिआरसँग हुन लागेको हो ।

रविना टण्डनका पति अनिल थडानीको कम्पनी एए फिल्म्सले पनि करणलाई यो सम्झौतामा सहयोग गर्ने छ । दुवैले युवा सुधा आर्ट्स र एनटीआर आर्ट्ससँगको सहकार्यमा यो काम गरेका हुन् ।

 यस सम्झौताको जानकारी दिँदै करणले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै लेखेका छन्,  ‘म्यान अफ मास जुनियर एनटीआरको फिल्म ‘देवारा’ को हिस्सा हुन पाउँदा म सम्मानित र अत्यन्तै आभारी छु भन्न पाउँदा खुसी छु।

हामी भारतीय सिनेमामा अर्को ठूलो सिनेमेटिक अनुभवको लागि वितरण साझेदारको रूपमा उत्तर अमेरिकामा यो फिल्मसँग सम्बद्ध छौँ।

यसअघि यो फिल्म यसै वर्षको अप्रिल ५ मा रिलिज हुने तय भएको थियो । तर, भिएफएक्सको काम अधुरो भएकाले निर्माताले यसलाई स्थगित गरेका छन् । अब यो यस वर्षको दसैँमा अक्टोबर १० मा रिलिज हुँदै छ।

 दुई भागमा रिलिज हुने यस फिल्मको पहिलो भाग तेलुगु, तमिल, हिन्दी, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । जुनियर एनटीआरका साथै सैफ अली खान र जान्हवी कपूर पनि फिल्ममा देखिने छन् । यसको निर्देशन कोरतल्ला शिवले गरेका हुन् ।

वर्क फ्रन्टको कुरा गर्ने हो भने जुनियर एनटीआरले चाँडै मुम्बईमा आफ्नो अर्को फिल्म ‘वार २’ को सुटिङ सुरु गर्नेछन्। यसमा उनी ऋतिक रोशनसँग भिड्दै देखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?