जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

को हुन् पेरुका फुटबलर ओसामा विन लादेन ?

काठमाडौं- भनिन्छ– मान्छे नामभन्दा कामले चिनिनुपर्छ । तर, पेरुबाट व्यवसायिक फुटबल खेलिरहेका ओसामा विनलादेन हिमिनेज लोपेज आफ्नो कामभन्दा नामबाट बढी चर्चित छन् ।

सन् २०१७ मा मुलुकको यू१५ टिममा सहभागी हुन उनलाई बोलाइएको थियो । त्यसयता नै नामका कारण ओसामा विनलादेन हिमिनेज लोपेजले चर्चा कमाएका थिए ।

आतंककारी ओसामा विन लादेनबाट प्रभावित भएर उनका बाबुले यस्तो नाम राखेको उनी बताउँछन् । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाका जुम्ल्याहा भवनमा गराइएको आतंककारी आक्रमणको मुख्य योजनाकार रहेका ओसामा विन लादेनको नाम समाचारमा सुनेपछि बाबुले यस्तो नाम राखिदिएको उनले स्पेनी पत्रिका मार्कालाई बताएका छन् ।

ओसामा विनलादेन हिमिनेज लोपेजको जन्म भने अक्टोबर ७ २००२ मा भएको थियो ।

उनका अनुसार बाबुले उनका भाइको नाम भने सद्दाम हुसेन राखेका छन् । तेस्रो सन्तानको नाम जर्ज बुश राख्ने बाबुको धोको भएपनि छोरी जन्मेकाले त्यो सफल हुन नसकेको उनले बताए ।

ओसामा विनलादेन हिमिनेज लोपेज सन् २०१८ यता पेरुका युनियन कोमेर्सियोबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । उनले आफ्नो नामका कारण कुनै समस्यामा नपरेको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?