जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८० साल चैत ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत ३० गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल १२ तारिख। चैत शुक्ल पक्षको चतुर्थी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

२७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : शिक्षाको क्षेत्रमा उन्नती हुनेछ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लाभहानी दुवै हुने भएकाले धेरै उत्साहित नबन्नु राम्रो हुन्छ।

वृष : धार्मिक कार्यमा मन जानेछ। नियमित काममा उपलब्धि हात लाग्नेछ। आफैले गरेको कामबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मिथुन : आफन्तसँग व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। स्वास्थ्य उपचारका लागि ठुलो धन खर्च हुनसक्छ। शिक्षामा प्रगति हुने दिन छ। खानपानमा विशेष ख्याल नगरेमा रोगले सताउने देखिन्छ।

कर्कट : सेयर कारोबारमा फाइदा हुनेछ। आकस्मिक लाभको योग रहेको छ। परिवारको विश्वास जित्न सक्ने दिन छ। मन उत्साहित हुनेछ। लगानीको क्षेत्रमा खुशी मिल्नेछ।

सिंह : नयाँ कामको सुरुवात हुनेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। आर्थिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नयाँ कामले मनमा जोश, जाँगर र उत्साह बढ्नेछ।

कन्या : श्रमको उचित मूल्यांकन हुने दिन छ। समाज सेवाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। शिक्षामा भएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। वैदेशिक क्षेत्रमा लगानी गर्दा सचेत हुनुपर्नेछ।

तुला : खर्च बढ्ने दिन छ। सहयोग गर्छन् भनेर विश्वास गरेका मान्छेले धोखा दिनेछन्। शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। कठिन परिस्थिमिा परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : अरुको प्रगतिमा पनि मन रमाउने छ। नयाँ नयाँ अवसरको सिर्जना हुनेछ। मेहनत गरेर अरुको मन जित्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ।

धनु : धार्मिक कार्यमा मन जानेछ। विपरित लिंगका साथीको सहयोग स्मरणीय हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कार्यसिद्धिको योग परेकाले जुनसुकै क्षेत्रमा सफलता प्राप्त हुनेछ।

मकर : सामाजिक वा धार्मिक यात्राको योग रहेको छ। तपाईंको कामले अरु प्रभावित हुनेछन्। गुरुको साथ र सहयोगले काम बन्नेछ।

कुम्भ : व्यवहार गर्दा सचेत हुनुपर्नेछ। कुनै काम गर्दा समस्या देखिएपछि पछुताउनुभन्दा काम गर्नु अगाडि नै जानकारसँग सुझाव लिनु राम्रो हुन्छ। मन अशान्त हुने भएकाले आफूलाई विश्वास लागेको मान्छेसँग सुझाव माग्नु राम्रो हुन्छ। परिवारबाट साथ मिल्ने योग रहेको छ।

मीन : प्रेम सम्बन्ध सुखमय बन्नेछ। सोचेका काम सबै बन्ने योग छ। मन उत्साहित हुनेछ। एकसाथ दोहोरो लाभ प्राप्त हुने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा ठुलो प्रगति हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?