जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आफ्नो पुरानो स्मार्टफोन बेच्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी पाँच कुरा

काठमाडौँ– बजारमा हरेक दिन नयाँ फोन सार्वजनिक भइरहेका कारण मानिसहरूले  हरेक १ देखि २ वर्षमा आफ्नो स्मार्टफोन परिवर्तन गर्ने एक अध्ययनले देखाएको छ ।

यस्तो अवस्थामा कतिपयले आफ्नो पुरानो स्मार्टफोन बिक्री पनि गर्ने गर्छन् । तर, आफूले चलाउँदै आएको पुरानो फोन बिक्री गर्नुअघि तपाईँले धेरै कुराको हेक्का राख्नुपर्छ भन्ने कुरा कतिपय मानिसहरूलाई हुँदैन ।

तपाइले आफ्नो पुरानो फोन बेच्नुअघि यी ५ कुरामा ध्यान दिनु अति आवश्यक हुन्छ :

– यदि तपाई ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने आफ्नो ह्वाट्सएप अकाउन्टको ब्याक अप राख्न नबिर्सिनुहोस् । 

– सिम कार्ड तथा ई–सिम प्रयोगकर्ता हुनुहुन्छ भने यस्ता अनिवार्य निकालेर इ सिमको प्रोफाइल डिलिट गर्ने 

– सोसल मिडिया तथा बैङ्किङ एप डिलिट गर्ने 

– स्मार्टफोनमा रहेका सबै अकाउन्ट लग आउट गरिसकेपछि फोनलाई रिसेट गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?