जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सलहेस फूलबारीमा आज मात्र फुल्ने फुल हेर्न आउनेको घुइँचो

सिरहा –  लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भिड लागेको छ ।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिकाको १२ र २२ नम्बर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलबारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेको हो । 

 राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेस फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न प्रत्येक वर्ष  नेपाल तथा भारतबाट हजारौंको संख्यामा  दर्शनार्थी आउँने गरेका छन् । 

सलेहेस गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेस फूल टिप्ने र प्रणयस्थलको रूपमा यो फूलबारी रहेको मानिन्छ।

आफ्नो क्षेत्रमा लोक नायकको रूपमा पुजिने राजा सलहेस र प्रेमिका मालिनीको प्रेम प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरूको भिड लाग्ने गरेको मन्दिरका पुजारी जितेन्द्र सिंह धामी जानकारी दिए। 


उनका अनुसार तेह्रौँ शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर, सलहेसले कारणवश अरु नै स्त्रीसँग विवाह गरे पनि उनीहरू बीचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ति रहेको छ।

 सोही प्रेमको प्रतीकको रूपमा वैशाख १ सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?