जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो

काठमाडौं- परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्न भक्तपुरमा सर्वसाधारणको घुइँचो लागेको छ ।

भेलुखेलस्थित ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकांक्षा पूरा हुने , शत्रुनाश हुने सहकाल आउने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?