जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गर्मीमा दहीका यति धेरै फाइदा, कसरी खाने ?  कति वेला खाने ?

अपचको समस्या कम हुन्छ
बिहान बेलुकाको खानासँग दही पिउने गर्दा हामीले खाएको खानेकुराले खाने कुरालाई सहजै पाचलन प्रक्रियामा लैजाने गर्छ। दहिले पाचन प्रक्रियालाई सहज बनाउने चिकित्सकको भनाइ छ। शरीरमा भएको बोसोको मात्रालाई पनि नियन्त्रण गर्न सहयोग गर्छ। साना दूध चुस्ने बच्चालाई दूध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएमा पनि दहीमा मह मिलाएर खुवाउँदा निकै फाइदा पुग्छ।

शरीरको तापक्रमलाई सन्तुलन राख्छ
गर्मी याममा दहीको सेवनले शरीरको तापक्रमलाई ठिक्क मात्रामा वा सन्तुलनमा राख्ने काम गर्छ। शरीरको भित्री गर्मी हटाउने कामका लागि पनि दही निकै लाभदायक मानिन्छ।

भोक जगाउँछ
यो मौसममा पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, झाडापखलला लगायतका रोगहरू अधिकांश मान्छेलाई लाग्ने हुनाले भोक नलाग्ने वा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ। यस्तो समस्याका लागि दहीको सेवनले भोकसम्म जगाउने काम गर्छ।

छालाका लागि उत्कृष्ट
गर्मीको समयमा अनुहारमा चाया निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन्। अनुहारमा दहीको लेपन गरेर केही समय राखेर सफा गर्दा अनुहारको छाला नरम र चम्किलो हुन्छ। घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा फाइदा पुग्छ।

विभिन्न रोगको लागि फाइदाजनक
दैनिक दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत पुग्छ। कोलेस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठिक राख्न मद्दत गर्ने गर्दछ। दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीको विकासमा धेरै सहयोग पुर्याएर बलियो बनाउन मद्दत गर्दछ।

रोग प्रतिरोधक क्षमता बढाउँछ
दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ। दैनिक रूपमा दहीको सेवनले गर्मीमा हुने एलर्जीको समस्यामा पनि समाधान गर्छ। दाँतसँग सम्बन्धित रोगलाई पनि दहिले धेरै फाइदा गर्छ।

पसिनाको दुर्गन्ध कम गर्छ
गर्मीमा हामी जो कोहीलाई पनि पसिना निकै आउने गर्छ। यस्तो अवस्थामा दही र बेसनको मिश्रणले मालिस गरेर केही समय राखी नुहाउनाले पसिनाको दुर्गन्ध हराउँदै जान्छ।

अल्सरका बिरामीलाई फाइदाजनक
कुनै बिरामीलाई अल्सर भएको छ भने उनीहरूका लागि दहीको सेवन निकै लाभदायक मानिन्छ। दहीमा थोरै ज्वानो र बिरे नुन मिसाएर दैनिक रूपमा बेलुका सुत्ने बेला सेवन गर्न सकिन्छ।

दहीको असर :
हामीले कहिले पनि खाली पेटमा दही खानु हुँदैन। यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तर बढाउने हुँदा पेट पोल्ने समस्या निम्तन सक्छ।

राति पनि दही खानु हुँदैन। रातिको तापक्रम चिसो हुँदै जाने हुँदा दही चिसो पदार्थ भएको कारणले खकारको मात्रा बढाउँछ। त्यसको प्रभाव सुरुमा छातीमा पर्छ। विस्तारै छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास आउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?