जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनिल गिरीको नयाँ गीत सार्वजनिक

काठमाडौँ – गायक सुनिल गिरीले नयाँ गीत ‘कालिगड’ सार्वजनिक गरेका छन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहेका गायक गिरी प्राय आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् ।

 यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ।

उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा सङ्गीत रचना उनकै हो।

आलोक शुक्लाको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन्। भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् ।

भिडियो कथा पनि उनकै हो । गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा रिलिज गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?