जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘बडे मियाँ छोटो मियाँ’ मा ‘मस्जिद विस्फोट’ को दृश्य विवादमा

काठमाडौँ – अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को एउटा दृश्यलाई लिएर हङ्गामा मच्चिएको छ । 

यो दृश्यमा मस्जिद भित्र बम विस्फोट भएको मानिसहरूको दाबी छ । यो दृश्यको क्लिप र स्क्रिनसट शेयर गरेर मानिसहरूले निर्मातालाई राम्रो र नराम्रो भनिरहेका छन् ।

अब निर्माताहरूले यी सबै दाबीको जवाफ दिएका छन्। उनले मस्जिदमा बम विस्फोटको सिलसिलालाई लिएर चलिरहेको अफवाहबारे स्पष्टीकरण दिएका छन् ।

फिल्मका सह निर्माताले दर्शकको यो गलत धारणा प्रति सफाइ दिँदै यो दाबी पूर्ण रूपमा गलत भएको बताए । उनका अनुसार यस दृश्यमा बम कुनै धार्मिक स्थलमा नभई गुम्बजमा विस्फोट गरिएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार निर्माताहरूले दिएको बयानमा भनिएको छ, “केही भिडियोहरू इन्टरनेटमा फैलाइँदै छन्। ‘बडे मियाँ छोटे मियाँ’को सुटिङका ​​क्रममा मस्जिदमा बम विस्फोट भएको बताइएको छ ।

चलचित्र निर्माताको हैसियतमा हामी संस्कृतिको सम्मान गर्छौँ भनेर देखाउन चाहन्छौँ। हामी धार्मिक कुरालाई सम्मान गर्छौँ। हाम्रो फिल्ममा विस्फोट गुम्बजमा भएको थियो। यसको कुनै धार्मिक स्थल वा मस्जिदसँग कुनै सम्बन्ध छैन।’

निर्माताहरूले जनतालाई यस्ता झुटो दाबीहरूमा विश्वास नगर्न अपिल गरेका छन्। गल्ती खोज्ने उद्देश्यले फिल्म हेर्नु हुँदैन । यो मनोरञ्जन उद्देश्यका लागि हेर्नु पर्छ।

यस स्पष्टीकरणको उद्देश्य कुनै पनि प्रकारको भ्रम हटाउनु पनि रहेको उनले बताए । जसले गर्दा दर्शकले कुनै भ्रमविहीन फिल्मको मजा लिन सकुन् ।

बीएमसीएमको कलेक्शनको कुरा गर्ने हो भने तेस्रो दिन ८.५ करोड कमाएको छ । फिल्मले पहिलो दिन १५.५ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन ७.६ करोड कमाएको थियो । यसले तीन दिनमा कुल ३१.७ करोड कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?