जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्वकला दिवसका अवसरमा कला कार्यशाला तथा प्रदर्शनी

काठमाडौँ– नेपाल ललितला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बीके आर्ट ग्यालरीको संयुक्त आयोजनामा कला कार्यशाला तथा प्रदर्शनी भएको छ ।

विश्वकला दिवसका अवसरमा सोमबार कार्यशाला तथा प्रदर्शनी गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।

कार्यक्रममा कुलपति हार्तम्छालीले मनभित्रको कलालाई आज यो कलाले ऐक्यबद्धता बनाएको सुनाउँदै आजका उद्घाटित कलाले विदेशी कलाको कन्टेन मात्र होइन हाम्रो कलाको पनि उजागर भएको बताए ।

उनले भने, ‘अब हाम्रो मिथिला कला, पौभा कला पनि अन्तर्राष्ट्रियकरण गर्नमा पहलकदमी गर्नु जरुरी छ । ग्रामर अफ आर्ट एउटै हो तर कन्टेन अफ आर्ट आफ्नै हुन्छ ।’

नेपाली भूगोलका आधारमा हेर्ने हो भने हिमाललाई हेर्ने दृष्टिकोण हाम्रो आफ्नैपन हुने बताउँदै उनले थपे, ‘हामी हिमाल भएर हेर्छौं भने विदेशीले हेर्दा माटो, हिउँ, ढुङ्गा भनेर हेर्लान् । तर हामी सगरमाथाको उच्च शिरको गौरवका हिसाबले हेर्छौं ।’

कला जगतले विश्वविख्यात कलाकार लियोनार्दाे दा भिन्चीको जन्मदिनलाई मानेर विश्व कला दिवस मान्ने गरेका छन् । नेपाली कलाको भविष्य बोकेर हिँड्ने युवालाई केन्द्रित गरेर कार्यक्रम गर्न खोजिरहेका उपकुलपति लालकाजी लामाले बताए ।

नेपाली कलाको उन्नयनका लागि बनेको यो प्रतिष्ठान सबैका निमित्त सधैँ खुल्ला रहेको लामाले सुनाए ।

कार्यक्रममा चित्रकला विभाग प्रमुख संजय बान्तवाले नेपालमा पनि विश्व कला दिवस मनाउने थालनीको शुरुवात गरिएको बताए ।

उनले भने ‘हामीले कलाको चेतना तलसम्म पुर्‍याउन सकेका छौँ । आगामी दिनमा अगाडि बढाउन हरसम्भव प्रयत्न गरिने छ ।’
कार्यक्रममा करिब ३० जना कलाकारका साथै प्राज्ञ पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ, एससी सुमन, लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?