जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘रेलै घुमेर’ मा यस्तो छ वादी समुदायको कथा

काठमाडौँ– ‘रेलै घुमेर’ बोलको गीत सार्वजनिक गरिएको छ । सो गीतको भिडियोमा वादी समुदायको कारुणिक कथालाई प्रस्तुत गरिएको छ ।

बसन्त विश्वकर्मा र कोपिला गुरुङको स्वर रहेको गीतमा वादी समुदायभित्रको कथा र त्यहाँभित्रको विकृतिलाई देखाउन खोजिएको छ । गीतको शब्द तथा संगीत गायक विश्वकर्माको नै छ ।

गीतमा समावेश म्युजिक भिडियोको कथा, कोरियोग्राफर र निर्देशन भने मौसम हिमालीले गरेका छन् । सम्पादनमा नविन घर्तीमगर र छायाङ्कन उप्रेतीले गरेका छन् ।

भिडियोमा लिड रोलमा गायक विश्वकर्मा र गायिका गुरुङ नै देख्न सकिन्छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?