जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हरेक बिहान मनतातो पानी पिउनाले हुन्छ नसोचेको फाइदा 

हामीमध्ये धेरैको बिहान उठ्ने बित्तिकै पानी पिउने बानी हुन्छ । जुन निकै राम्रो बानी पनि हो । कसैको चिसो पानी पिउने बानी हुन्छ भने कसैको उमालेको तातो ।

तर चिसो र उमालेको तातो भन्दा पनि थोरै तातो अर्थात् मनतातो पानी पिउनु स्वास्थ्यका हिसाबले निकै लाभदायी मानिन्छ ।

हरेक बिहान मनतातो पानी पिउने व्यक्तिको मुखमा रहेको र्‍याल  पानीसँगै पेटमा पुग्छ र र्याललले पेटमा पुगेर हानिकारक ब्याक्टेरियालाई मार्छ ।  

 मनतातो पानी पिउनुका फाईदाहरुः 

– बिहानै उठेर मनतातो पानी पिउनाले छालाको धेरै समस्या हटाउँछ । साथै पाचन प्रणाली पनि स्वस्थ हुन्छ । 

–बिहान मनतातो पानी पिउनाले मिर्गौलालाई बलियो बनाउनुका साथै मिर्गौलासम्बन्धी धेरै समस्याहरू जस्तै किड्नी स्टोनको समस्या पनि हटाउँछ ।

–घाँटी दुख्ने तथा खोकीको समस्या भएका मानिसहरूका लागी मनतातो पानीको सेवन अझ लाभदायक हुन्छ ।

–मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल झर्न समेत रोक्दछ ।

–मनतातो पानी पिउनाले शरीरको तापक्रम वृद्धि भई शरीरबाट पसिना निस्कने क्रम बढ्दछ । र शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन्छ । 

–मनतातो पानी पिउनाले जोर्नी मजबुत हुनुको साथै बाथ रोगको जोखिम पनि कम हुन्छ । 

–महिनावारीको समयमा हुने पेट दुखाईको समस्या पनि मनतातो पानीको सेवनले कम गराउँछ ।

–बिहान उठ्नेबित्तकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्या कम हुनुका साथै मुख गन्हाउने समस्याबाट पनि छुटकारा मिल्छ । 

–यदि तपाईँलाई थकाई लाग्ने समस्या छ र बिहान, बिहान मनतातो पानी पिउने बानी गर्नाले पनि मांसपेशीलाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।

–धरै मात्रामा तातोपानी पिउँदा तौल घट्ने अनुसन्धानहरूले देखाएका छन् ।

थुप्रै अनुसन्धानले के देखाउँछ भने धेरै तातोपानी खाँदा तौल घट्ने सम्भावना बढी हुन्छ। तातो पानी खाँदा पेट भरिएको जस्तो महसुस हुने भएर पनि यसले तौल घटाउन सहयोग पुर्‍याएको हुनसक्छ।

पानीले शरीरमा पौष्टिक तत्त्व सोस्न र टक्सिन र अनावश्यक कुराहरू बाहिर निकाल्न सहयोग गर्छ।

सन् २००३ मा प्रकाशित एक अनुसन्धानका अनुसार चिसो पानी नभई मनतातो पानी खानेहरूको तौल छिटो घट्छ। यसका साथै खाना खानु अघि ५०० मिलिलिटर तातो पानी पिउँदा मेटाबोलिजम ३० प्रतिशत बढ्ने गर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?