जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रकुल र ज्याकीको विवाह गोवामा,आफन्तलाई मोबाइल लान निषेध

काठमाडाैँ – बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह गोवामा हुने भएको छ ।

फेब्रुअरी २२ मा हुने विवाह केही नजिका साथी र आफन्तलाई मात्रै बोलाइएको छ भने समारोहलाई गोप्य राख्न केही नियमहरू समेत छन् । 

रिपोर्टहरू अनुसार बाहिर खुल्न नचाहने दुवैको स्वभावकै कारण समारोहलाई गोप्य राख्न लागिएको हो । यही कारण दुई दिन हुने विवाह समारोहमा सहभागी हुनेलाई मोबाइल लान अनुमति नहुने बताइएको छ । 

रकुल र ज्याकी करिब दुई वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । दुवैसँगै छुट्टी मनाउन जान्छन् । सन् २०२२ मा आफ्नो जन्मदिनमा रकुलसँग रोमान्टिक तस्बिर सेयर गर्दै आफूहरू सम्बन्धमा रहेको पुष्टि गरेका थिए ।

रकुलले एक अन्तरवार्तामा दुवै जना छिमेकी भए पनि कुराकानी भने हुन नसकेको बताएकी थिइन् । पछि एक नजिकको साथीमार्फत उनीहरूको बोलचाल सुरु भएको थियो । त्यसपछि उनीहरू एकअर्कालाई डेट गर्न सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?