जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अनुपले किन भेटे ऋतिकलाई ?

काठमाडाैँ – यतिबेला मुम्बईमा रहेका अभिनेता अनुपविक्रम शाहीले बलिउठ अभिनेता ऋतिक रोशनलाई भेटेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत ऋतिक रोशनसँगको फोटो सेयर गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।

ऋतिकसँगको ‘क्यान्डिड’ फोटो सेयर गरेका  अनुपले ‘लिजेन्ड्री मोमेन्ट्स’ भन्दै लेखेका छन् । दुई जना गफगाफ गरिरहेको तस्बिरमा उनले ‘लेट्स डिउ इट्’ समेत लेखेका छन् । 

यसको अर्थ उनीहरुको भेट फिल्म वा अभिनयमा सहकार्य नभई व्यवसायीक बस्तुको विज्ञापनसँग रहेको बुझ्न सकिन्छ ।

किनकि अनुप र ऋतिक दुवै माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?