जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किन भारतमा प्रदर्शन भएन देव पटेलको ‘मंकी म्यान’ ?

काठमाडौँ –  ‘स्लमडग मिलियनेयर’ फेम देव पटेलको नयाँ फिल्म ‘मंकी म्यान’लाई भारतमा  प्रतिबन्ध लगाइएको बताइएको छ ।

अप्रिल ५ मा विश्वभर रिलिज भएको  यस फिल्ममा देवले निभाएका पात्र हनुमानबाट प्रेरित छन् । यो फिल्म अहिलेसम्म भारतमा रिलिज भएको छैन ।

भारतमा १९ वा २६ अप्रिलमा रिलिज हुन सक्ने बताइएको थियो तर यो रिलिज मितिको बारेमा पनि कुनै ग्यारेन्टी  छैन। यस्तो अवस्थामा ‘मन्की म्यान’को धार्मिक कोणलाई ध्यानमा राखेर भारतमा प्रतिबन्ध लगाइएको बताइएको छ । 

तर बलिउड हंगामाको एक रिपोर्टमा भने यो फिल्म अहिलेसम्म सेन्सर बोर्डले नहेरेको बताइएको छ । जसका कारण यसको रिलिजमा ढिलाइ भइरहेको छ । तर, आगामी मेमा रिलिज हुने सम्भावना छ ।

 मार्च ३१ मा बलिउड हंगामाको एक रिपोर्टमा भनिएको थियो कि ‘मन्की म्यान’ भारतमा २६ अप्रिलमा रिलिज हुन सक्छ। त्यसपछि सेन्सर बोर्डले फिल्म हेरेको खबर आएको थियो ।

तर, हिंसात्मक दृश्य र धार्मिक विषयलाई लिएर फिल्म अन्योलमा छ । त्यसैले यो फिल्म भारतमा रिलिज नहुन सक्छ भने  त्यसपछि सामाजिक सञ्जालमा भारतमा ‘मन्की म्यान’ प्रतिबन्धित भएको दाबी गरिएको थियो ।

 अब बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै आफ्नो प्रकाशित समाचारमा यी सबै फेक न्यूज भएको बताएको छ । केन्द्रीय बोर्ड अफ फिल्म सर्टिफिकेशनको परीक्षक समितिले अहिलेसम्म ‘मन्की म्यान’ हेरेको छैन ।

चलचित्र निर्माण गर्ने स्टुडियो युनिभर्सल पिक्चर्सले सेन्सर बोर्डमा चलचित्र अग्रिम बुझाएको थियो ।  तर गत साता धेरै बिदा परेकाले सेन्सर बोर्डले  ‘मन्की म्यान’ हेर्न समय पाउन सकेन ।

जसका कारण फिल्मको रिलिजमा ढिलाइ भइरहेको छ । बिदाका कारण ‘मन्की म्यान’ मात्र नभई अन्य धेरै फिल्मले पनि यस्तै समस्या भोग्नुपरेको यो रिपोर्टमा उल्लेख छ ।

 तर ‘मन्की म्यान’ को सन्दर्भमा भारतका जनताको धार्मिक भावनामा चोट पुर्‍याउन सक्ने खतरा पनि छ । त्यसैले सेन्सर बोर्डले यो फिल्मलाई भारतीय दर्शकका लागि उपयुक्त बनाउन चाहन्छ ।

जुनसुकै विवादास्पद भागहरू छन्, ती फिल्मबाट हटाउन वा परिवर्तन गर्नुपर्छ। फिल्ममा सेन्सर बोर्डले जेसुकै परिवर्तन गर्न निर्देशन दिए पनि अमेरिकास्थित युनिभर्सल स्टुडियोको टोलीलाई पठाइने छ ।

भारतीय सेन्सर बोर्डका अनुसार उनीहरुले फिल्ममा परिवर्तन गर्नेछन् । त्यसपछि मात्रै सेन्सर बोर्डले स्वीकृति दिनेछ ।

 त्यसपछि मात्र ‘मन्की म्यान’ भारतमा रिलिज हुनेछ । यो सम्पूर्ण प्रक्रिया अप्रिलको अन्त्यसम्ममा सम्पन्न हुने बताइएको छ । त्यसपछि निर्माताहरूले फिल्मको नयाँ भारतमा प्रदर्शन मिति घोषणा गर्नेछन्।

 ‘मन्की म्यान’ यसअघि नेटफ्लिक्समा रिलिज हुने तय भएको थियो। तर ‘गेट आउट’ र ‘नूप’ जस्ता फिल्म बनाएका जोर्डन पिलेले यो फिल्म हेरे ।

यो फिल्मलाई सानो पर्दामा रिलिज गर्नु उचित नहुने उनको भनाइ छ । त्यसैले उनले युनिभर्सल पिक्चर्ससँग कुरा गरेर सिनेमाघरमा रिलिज गर्ने निर्णयमा पुगेका हुन । 

 युनिभर्सलसँगको सहकार्यमा उनले नै यो फिल्म वितरण गरेका हुन् ।

‘मन्की म्यान’मा देव पटेलसँग शोभिता धुलिपला, पितोवास, सिकन्दर खेर र मकरन्द देशपाण्डे जस्ता कलाकारले पनि काम गरेका छन् । यो फिल्मलाई देव पटेल आफैले लेखेका हुन् र निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?