जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राजधानीमा गरियो ‘चित्रा’को प्रिमियर, कसले के भने?

काठमाडौँ– घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’ को प्रिमियर शो सम्पन्न भएको छ । सोमबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको प्रिमियर गरिएको हो ।

प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए ।

कलाकारले उक्त फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । समीक्षकले भने यो फिल्म निकै कमजोर रहेको जोय नेपाललाई प्रतिक्रिया दिए ।

चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभई काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए ।

त्यस्तै अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको प्रतिक्रिया दिइन् ।

फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ ।

यस्तै महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।

आगामी शुक्रवारबाट यो फिल्मको सोमवार नै प्रिमियर शो गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?